बारामा बहिनीका प्रेमी हत्या अभियोगमा दुई जना पक्राउ



पर्सा । अपहरण, शरीर बन्धक गरी बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र सोही ठाउँका ३० वर्षीय प्रितम पटेल रहेका छन् ।

राजकुमार ट्युसन पढ्न वीरगंज महानगरपालिका–१६ नगवातर्फ साईकल चढी गएकोमा सम्पर्क विहीन भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगंजमा महानगरपालिका–१६ नगवास्थितमा टेलर सञ्चालन गरी बस्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो ।

थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी ना.३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पुर्याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा छोडेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको