निहारिकालाई भेटेपछि बालेनले भने-अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बलात्कार पीडित निहारिका राजपुतसँग भेट गरेका छन् । शनिबार त्रिवि शिक्षण अस्पताल पुगेर मेयर साहले निहारिकालाई भेटेका हुन् ।

भेटपपछि मेयर साहले सामाजिक संजालमार्फत निहारिकाले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि सरकारले पूरा नगरेको भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? ‘यो अत्ति हो । यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन।’

शुक्रबार निहारिकाले राष्ट्रपति भवन शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । उनले आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् । प्रहरीले उनलाई उद्दार गरी अस्पताल पुर्याएको थियो । आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनसन बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारमा पानी निर्यातको अवसर बन्नसक्छ अमिरको नेपाल भ्रमण

  काठमाडौँ ।  नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख

यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध