देशभरका मिटरब्याज पीडितलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न कार्यदलको आग्रह



काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन आह्वान गरेको छ । गृह मन्त्रालयद्वारा गठित कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले शनिबार विज्ञप्ति जारी गरी भदौ ५ गते भित्र पीडितहरुलाई आआफ्नो जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन आह्वान गरेका हुन् ।

सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि शुक्रबार कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । काठमाडौंको माइतीघरमा नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भएका मिटरब्याजी पीडितहरु धर्नामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र