मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत



फिनल्याण्ड, हेल्सिन्की । जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीच थप सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।

पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउनका लागि हुँदै आएको सहकार्यलाई विस्तार गर्दै लैजाने दुवै संस्थाका प्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् ।

फिनल्याण्डको राजधानी हेल्सिन्सीमा भएको एक कार्यक्रममा डिएचएमका महानिर्देशक कमलराम जोशी र एफएमआईका महानिर्देशक जुस्सी काउरोला मौसम पूर्वानुमानमा काम गर्दै आएको डिएचएमको क्षमता अभिवृद्धि गर्दैै मौसम पूर्वानुमान र हवाई उडड्यानका क्षेत्रमा एफएमआईले गर्दै आएको सहयोगलाई विस्तार गर्न सहमत भएका छन् । सन् २०१० देखि दुवै नियकाले यस क्षेत्रमा आवश्यक सहकार्य गर्दै आएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा भएको कार्यक्रममा महानिर्देशक जोशीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा जल तथा मौसमजन्य विपद्का कारण हुने प्राकृतिक जोखिमको खतरा बढ्दै गएको बताए ।

उनले भने, “नेपाल भौगोलिक तथा आर्थिकरूपमा सानो मुलुक हो, हामीले जलवायु परिवर्तन निम्त्याउने कुनै काम गरेका छैनौँ, तर औद्योगिक मुलुकको गतिविधिबाट हामीले मार खेप्नुपरेको छ ।” महानिर्देशक जोशीले मौसमजन्य जोखिमको सामना गर्न सक्षम मुलुक फिनल्याण्ड सरकारले नेपाललाई गर्दै आएको सहयोग क्षेत्रीयस्तरमा विस्तार गरी नेपालको प्राविधिक क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र अनुसन्धानलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिए ।

जवाफमा एफएमआईका महानिर्देशक काउरोलाले दुबै नीकायबीच हुँदै आएको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र एक–अर्काका अनुभवलाई आदान–प्रदान गरेर मौसमजन्य जोखिम न्यूनीकरण गर्न सहकार्य गर्ने विश्वास दिलाए । उनले जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले एक–अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एफएमआईले मौसम पूर्वानुमानको क्षेत्रमा गर्दै आएको गतिविधि एवं मौसमजन्य असरका विषयमा नेपाल र भियतनामबाट आएको उच्चस्तरीय अध्ययन टोलीलाई विस्तृत जानकारी गराएको थियो ।

मौसमजन्य सूचना प्रणाली, वित्तीय व्यवस्थापन एवं सम्बन्धित संस्थाहरूसँगको सहकार्यका विषयमा एफएमआईका उच्च अधिकारी तथा वैज्ञानिकबीच अनुभव आदान–प्रदान गरिएको थियो ।

अध्ययनकै क्रममा शुक्रबार नेपाली टोलीले विश्वमा मौसम पूर्वानुमानका क्षेत्रमा आवश्यक पर्ने सामग्री उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी भइसालाको अवलोकन गर्नुका साथै नेपाललाई आवश्यक पर्ने मौसम अवलोकन उपकरण उपलब्धतामा सहजीकरण गर्न आग्रह गरेको थियो ।

अध्ययन टोलीमा मन्त्री भुसाल, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीलगायतको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काकाले गरे चार वर्षीय भतिजको हत्या

धनुषा । धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ ।

डेंगु संक्रमण ७६ जिल्लामा फैलियो, ३६ जनाको मृत्यु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा बुधबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।