न्याय नपाएको भन्दै निहारिका राजपुतद्वारा आत्मदाह प्रयास



काठमाडौं । आफूलाई बलात्कार गर्ने दोषीलाई कानुनबमोजिम कारबाहीको माग गर्दै आएकी कुमारी आमा निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । शुक्रबार महाराजगञ्जस्थित राष्ट्रपति भवनअगाडि शरीरमा पेट्रोल छर्केएर उनले आत्मदाह प्रयास गरेकी हुन् ।

प्रहरीले निहारिकालाई नियन्त्रणमा लिई अस्पताल पुर्याएको छ। महाराजगन्ज वृत्तका डीएसपी अंगुर जिसीका अनुसार उनको अवस्थामा समान्य छ ।

निहारीकाले १७ वर्षको नाबालिग उमेरमै आफूलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन्। केही महिनाअघि न्यायको माग गर्दै उनी काठमाडौंस्थित माइतीघरमा धर्नासमेत दिएकी थिइन् । त्यतिबेला सरकारले ५ बुँदे सहमतिसमेत गरेको थियो।

गृह मन्त्रालयले प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रियाअघि बढाउन पहल गर्ने सहमतिसहित उनका माग सम्बोधन गर्ने सहमति भएको थियो ।

सहमति पत्रमा निहारिका र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला मन्त्रालयमार्फत् पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने लगायतका सहमति भएको थियो। सहमति पत्रमा गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव बसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोगशरी कुँवरले हस्ताक्षर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो

  काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ ।

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।