वर्षाले देशका तीन पूर्ण र १२ सडक आंशिक अवरुद्ध



काठमाडौं । वर्षाले हाल देशभरका तीन पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध भएका छन् । कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका छन् । कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको सुर्कीपाखा र दादीखोलामा पहिरोका कारण सडक अवरुद्ध रहेकामा एउटा निजी सवारीसाधन भाडामा लिएर खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोटदेखि बल्दे खण्ड अवरुद्ध रहेकामा खुलाउन उपकरण सो स्थानमा लगिएको छ । वर्षात र लेदो रोकिएपछि सोही स्थानबाट यातायात खुलाइने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध भएकामा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । वर्षाले अवरुद्ध १२ सडकमा रहेको अवरोध हटाएर हाल एकातर्फबाट सवारीसाधन चल्नसक्ने व्यवस्था मिलाइएको छ ।

कोशी राजमार्ग, पृथ्वी, त्रिभुवन राजमार्ग, डुम्रे–बेशीसहर–चामे सडक, कर्णाली राजमार्ग र पुष्पलाल (मध्यपहाडी) राजमार्गको विभिन्न खण्डमा बाढी र पहिरोका कारण अवरुद्ध बनेकामा हाल आंशिकरुपमा खुलाइएको छ ।

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सम्माटार, पृथ्वी राजमार्गको तनहुँको साँखर (बाँसबारी), त्रिभुवन राजपथमा मकवानपुरको छत्तिस खोला, डुम्रे–बेशीसहर–चामे सडकअन्तर्गत लमजुङको उदीपुर, मनाङको म्यार्दी भीरमा सडक एकातर्फबाट मात्रै खुलाइएको छ ।

त्यस्तै, कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको फक्सिण्डा दोभानबाट बरुण खोला, तानसेन–रिडि–कोरलाअन्तर्गत मुस्ताङको काभ्रे भीर, पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत बागलुङको खहरे दोबिल्ला, कर्णाली राजमार्गअन्तर्गत कालिकोटको जारकोटमा पनि आंशिकरुपमा मात्रै सञ्चालनमा छन् । यो वर्ष अवरुद्ध भएकामध्ये हाल एक सय १५ स्थानमा सडक दुवैतर्फ चालु भइसकेको छ । यो वर्ष २१ राजमार्गको एक सय २८ स्थानमा सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

मलेखु (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी

कसै न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा विकासको गति बढाउन नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था

अबको विश्व अर्थतन्त्र भनेको डिजिटल अर्थतन्त्र नै हो

रेखा शर्मा । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको