प्रहरीको योजनामा चिनियाँ नागरिकको अपहरण, ६ जना पक्राउ



काठमाडौं । चिनियाँ नागरिकको अपहरणमा दुईजना प्रहरी समेत संलग्न रहेको पाइएको छ । बुधबार साँझ दरबारमार्गबाट चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती मागेको घटनामा प्रहरीको समेत संलग्नता रहेको पाइएको हो ।

चिनियाँ नागरिकलाई अपहरण गरी उनीहरूले नयाँ बसपार्कमा बन्धक बनाएका थिए । घटनामा एक प्रहरी हवल्दार र एकजना न्यायाधीशका सुरक्षा गार्ड रहेको पाइएको हो । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले घटनामा प्रहरीको समेत पाइएको जानकारी दिए ।

घटनामा न्यायाधीशका सुरक्षागार्ड हवल्दार गोरखाको आरुघाट गाउँपालिका–७ घर भइ काठमाडौं रानिबारी बस्दै आएका २७ वर्षीय कर्णबहादुर गुरुङ तथा प्रहरी वृत्त बालाजुमा कार्यरत रहेका घुमुवा प्रहरी बर्दियाको राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिव सुनारलाई पक्राउ गरेको छ ।

उनीहरुसँगै गोरखाको सिरानचोक–५ घर भइ काठमाडौं धापासी बस्दै आएका २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भइ काठमाडौं मित्रनगर बस्ने २८ वर्षीय रोहित भनिने पूर्णबहादुर पुलामी मगर, प्यूठानको प्यूठान नगरपालिका–८ घर भइ मित्रनगर नै बस्ने २८ वर्षीय विशाल मगर तथा नुवाकोटको शिवपुर गाउँपालिका–६ घर भइ काठमाडौं बानियाँटार बस्ने २७ वर्षीय बिनोद केसी पनि पक्राउ परेका छन् ।

यो समूहले काठमाडौं लाजिम्पाटबाट एक चिनियाँ नागरिकलाई अपहरण गरेर बन्धक बनाउँदै एक करोड रुपैयाँ फिरौती माग गरेको थियो । अपहरणमा परेका चिनियाँलाई बुधबार राति १० बजे प्रहरीले उद्दार गरेको थियो भने अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो ।

अपहरणकारीबाट प्रहरीले ८ लाख १४ हजार ९ सय रुपैयाँ, २६ थान मोबाइल, अपहरणमा प्रयोग भएको नम्बर परिवर्तन गरिएको २०० सीसीको मोटरसाइकल, हत्कडी लगायत बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा सहभागिताबारे राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन, शीतल

सिन्धुलीको हरिहरपुरगढीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत