कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु


चन्द्रौटा । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा बुधबार बिहान दुई जनाको ज्यान गएको छ । बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबावु केसीले जानकारी दिए ।

दुर्घटनाबाट मोटरसाइकल चालक बाणगङ्गा–२ निवासी २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।