‘हनी ट्रयापिङ’मा पारेर रकम असुल्ने श्रीमान-श्रीमती पक्राउ



काठमाडौं । प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ बतासे घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिना राउत रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

शेखर र रोजिना श्रीमान–श्रीमती हुन् । प्रहरीले उनीहरुलाई बिहीवार बानेश्वरबाट पीडितहरुसँग ‘बार्गेनिङ’ गरिरहेको बेला पक्राउ गरेको हो । उनीहरुले विभिन्न महिलाहरुलाई सामाजिक सञ्जालमा प्रयोग गरी पुरुषहरुलाई ब्ल्याकमेल गरेको कार्यालयले जानकारी दिएको छ ।

उनीहरुले झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै डर धम्की देखाएर ब्ल्याकमेल गरी रकम असुल गरेको उजुरी कार्यालयमा परेको थियो। यसमा शेखरले आफूलाई साइबर ब्युरोको प्रहरी निरीक्षक हो भनेर धम्की दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

सिन्धुलीको हरिहरपुरगढीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत

वायु सेवा निगमको न्यारोबडी जहाजले असोज २४ गते काठमाडौं–भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने

दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी