एक हजार छ सय १० ग्राम सुनसहित विमानस्थलबाट एक भारतीय पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक हजार छ सय १० ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा काठमाडौँ आएका भारतीय नागरिक युसुफ हारोनको गतिविधि शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिइ जाँच गर्दा सुन बरामद गरिएको हो ।

उनले लगाएको भित्री बस्त्रमा प्लाष्टिकभित्र सुनको पोका दुई थान (तौल १६१० ग्राम अवैधरुपमा भन्सार छली गरी लैजान लागेका अवस्थामा फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले बिहीबार सूचना जारी गरी जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कारवाहीका लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र घर्तीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

सिन्धुलीको हरिहरपुरगढीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत

वायु सेवा निगमको न्यारोबडी जहाजले असोज २४ गते काठमाडौं–भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने

दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी