चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ



महेन्द्रनगर । कञ्चनपुर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगरमा बिहीबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त र पक्राउ गरेको छाला सार्वजनिक गरेको छ ।

जिल्लाको कृष्णपुर नगरपालिकास्थित देखतभुलीबाट प्रहरीले चितुवाको छालासहित बुधबार साँझ कुखुरा फार्ममा काम गर्ने डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र सोही ठाउँका २९ वर्षीय मोहन सार्कीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी पवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले चितुवाको आलो छालासहित पक्राउ गरिएको बताए ।

आठ फिट आठ इन्च लम्बाइ र तीन फिट चौडाइ भएको एउटा छाला तथा सात फिट दुई इन्च लम्बाइ तथा दुई फिट आठ इन्च चौडाइ भएको अर्को छाला गरी दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले छालासहित दुवै जनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

सिन्धुलीको हरिहरपुरगढीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत

वायु सेवा निगमको न्यारोबडी जहाजले असोज २४ गते काठमाडौं–भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने

दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी