विदेशी बैंकमा करोडौंको शंकास्पद कारोबार भएको देखिएपछि अमित श्रेष्ठ पक्राउ



काठमाडौं । प्रहरीले विदेशी बैंकमा करोडौं रकमको शंकास्पद कारोबार भएको पाएपछि काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नुवाकोट विदुर नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठ पक्राउ परेका हुन् ।

उनीमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाएको थियो। श्रेष्ठबाट प्रहरीले दुई–दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो । बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाइएको थियो । त्यहाँ परीक्षण गरी प्राप्त भएको प्रारम्भिक प्रतिवेदनबाट श्रेष्ठको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिएको हो।
प्रहरीका अनुसार निम्न बैंक खातामा श्रेष्ठको कारोबार भएको देखिएको छ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी

कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको