रुपन्देहीमा कल सेन्टरमार्फत ठगी, डेढसय युवायुवती प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देहीको तिलोत्तमामा कार्यालय सञ्चालन गरी ठगी धन्दामा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरस्थित एक घरमा तीन वटा फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले विशेष सूचनाका आधारमा आइतवबर उक्त कार्यालयमा छापा मारेको हो। त्यस क्रममा झन्डै तीन सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

उक्त कार्यालयमा भारतीय नागरिकको समेत लगानी रहेको खुलेको छ। उक्त कार्यालयबाट मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

उक्त कार्यालयबाट अरु केके काम भइरहेको छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको

सिन्धुलीको हरिहरपुरगढीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत