बालिका अपहरण गरी भारतको दरभंगा पुर्याएर फिरौती माग्ने दुईजना पक्राउ



विराटनगर । मोरङका् बुढीगंगा गाउँपालिका–१ बस्ने एक वर्षीया बालिका अपहरण घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ रामपुर चोक बस्ने २७ वर्षीय रविन्द्र कुमार साह र सोही महानगरपालिका– ५ कारखाना टोल बस्ने २७ वर्षीया अनु साह रहेका छन् । घटनाका मुख्य योजनाकार रविन्द्र साह र अनु साहले ती बालिकालाई अपहरण गरी प्र.०१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकलमा सप्तरीको राजविराज हुँदै कुनौली पुर्याई दरभंगा पठाएको, रविन्द्र साहले अनु साहको मोबाइलमार्फत पीडित परिवारलाई फेसबुक लगायत सामाजिक संजालमा बालिका हराएको कुरा पोष्ट गरेको हटाउन तथा अन्य विषयमा समेत धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै भारतको विहार दरभंगामा अनु साह बालिकालाई लिएर बस्दै आएकोमा नेपाल भारतको बोर्डर एरियाबाट १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले अपहरित बालिकालाई सकुशल उद्दार गरी अनु साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै घटनामा संलग्न रविन्द्र साहलाई बुढीगंगा गाउँपालिका–१ स्थित उनले संचालन गरेको श्रीराम ट्रेडर्सबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाट घटनामा प्रयोग भएको मोटरसाइकल, विभिन्न सामान र मोबाइलहरू प्रहरीले बरामद गरेको छ । उनीहरूमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी

कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको