मोरङबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना पक्राउ



विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित ठुलदाइको होटल र सोही महानगरपालिका–३ दूध फार्मबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये होटलबाट ८ जनालाई १ केजी ८७.३ ग्राम सहित आइतबार र दूधफार्मबाट ७ जनालाई ९७८.६ ग्राम मंगलबार उक्त पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो ।

होटलबाट पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका–७ बस्ने ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका–४ बस्ने ३७ वर्षीय मुकेश कुमार साह, कटहरी गाउँपालिका–२ बस्ने ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपलिका–१२ बस्ने ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका–७ बस्ने ३५ वर्षीय गोपाल मगर र खोटाङ हलेसी नगरपालिका–९ बस्ने ३२ वर्षीय किरन राई रहेका छन् ।

यसैगरी उक्त दुधफार्मबाट पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका–८ बस्ने ४५ वर्षीय जीवन गुरुङ, महोत्तरी मङ्हा नगरपालिका–६ बस्ने ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका–१२ बस्ने ३० वर्षीय चन्दन कुमार महतो, मोरङ ग्रामथान गाउँपालिका–३ बस्ने ५५ वर्षीय रविन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका–५ बस्ने ३६ वर्षीय दिपक बहादुर भ्लोन, मोहत्तरी मनराषिशवा नगरपालिका–३ बस्ने ४९ वर्षीय उमेश प्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका–५ बस्ने २८ वर्षीय श्याम घिमिरे रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी

कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको