हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक ४१ लाख ५५ हजार नगदसहित पक्राउ



काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बिहार पूर्वी चम्पारण थाना रक्सौल घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ र जतजयन्ती चोकस्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगंजतर्फ मोटरसाइकलमा आइरहेका राकेशलाई रोकेर जाँच गर्दा स्रोत नखुलेको ४१ लाख रुपैयाँ फेला परेको हो ।

उनले मोटरसाइकलको सिटमुनि तथा ट्याङ्कीमा रकम लुकाएर ल्याएका थिए। बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी

कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको