पाँच लाख दिने प्रलोभनमा सडक बालबालिकाको मिर्गौला बिक्री गर्ने गिरोह प्रहरी फन्दामा



काठमाडौं । प्रहरीले सडक बालबालिकालाई प्रलोभन देखाइ भारतमा मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको सडक बालबालिकालाई प्रलोभन देखाइ मिर्गौला बिक्री गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीको तम्घास नगरपालिका–२ घर भई काठमाडौंको गौशाला बस्दै आएका ३१ वर्षीय विजय कुँवर, दैलेखको चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भई काठमाडौंको कालोपुल बस्दै आएका २८ वर्षीय धुपेन्द्र शाही, दैलेखकै चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३२ वर्षीय विमलबहादुर शाही र झापाको पृथ्वीनगर नगरपालिका–१ घर भई थिमि बस्दै आएका २१ वर्षीय छोटे भनिने आशिष तामाङ छन् ।

पाँच लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार विमल शाही र धनबहादुरले आफू भारत गएर मिर्गौला बिक्री गरेर आएको अनुसन्धानबाट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको र पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही हुने ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी

कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको