बलात्कार अभियोगमा बौद्धबाट पक्राउ परेका तीनजना जेल चलान



काठमाडौं । काठमाडौँको बौद्धबाट करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान भएका छन् । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङता गेष्ट हाउसमा गत जेठ २९ गते २४ वर्षीया एक महिलालाई करणी गर्ने सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, सर्लाही बागमती नगरपालिकाका ३४ वर्षीय उत्तम लामा भन्ने उत्तरमान मुक्तान र काठमाडौँ बौद्धका रितेश तामाङलाई सोमबार जेल चलान गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए । पक्राउ परेको गेष्ट हाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पालाई भने १० लाख धरौटीमा छोडिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको

अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०