विनोद शाही मृत्यु प्रकरणः आरोपित ४ जना पुर्पक्षका लागि कारागार चलान



अछाम । अछामको पञ्चदेवल विनायक–४ का विनोद शाही मुत्यु प्रकरणमा जिल्ला अदालत अछामले चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

शाहीको हत्या हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

तर, मेयर चलाउनेसहित ३ जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो। प्रहरीले मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको

इमान्दार र योग्य व्यक्तिले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित हुन्छः शेखर कोइराला

काठमाडौंँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने