राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेलाई सात वर्ष जेल सजाय



कर्णाली । राउटे युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ सुर्खेतका चौमनबहादुर घर्ती र भुपेन्द्र बुढामगरलाई सात/सात वर्ष जेल सजाय र जनही दुई लाख जरिवाना तोकेको हो ।

अदालतले यौनदुव्र्यवहार भएको होटलका सञ्चालकलाई तीन वर्ष छ महिना जेल सजाय र एक लाख जरिवाना तोकेको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिए । उनका अनुसार सात/सात वर्ष जेल सजाय पाएका घर्तीमगर र बुढामगरले पीडित राहत कोषमा जनही आठ हजार र होटल सञ्चालक पुनले चार हजार जम्मा गर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।

बोटेचौरको शुभकामना होटलमा विसं २०७८ जेठ २१ गते राति ९ः०० बजे राउटे युवतीमाथि यौनहिंसा गरेको आरोपमा गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने घर्ती, मिलन भनिने पुन र भूपेन्द्र बुढा मगरलाई जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो । घर्ती तथा बुढा मगरले राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएपश्चात् उनीहरू पक्राउ परेका थिए ।

अदालतले असार १६ गते पुर्पक्षका लागि तीनैलाई जेल चलान गरेको थियो । उक्त समयमा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ सुर्खेत आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना’ अन्तर्गत चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको

अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०