अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ



काठमाडौं । नेपाल प्रहरीले उच्च अदालतबाट २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६ गतेको फैसलाअनुसार सात दिन कैद सजाय र २० लाख जरिवाना ठहर भएका उदयपुर त्रियुगा नगरपालिका घर भई हाल काठमाडौँको टोखामा बस्ने ६० वर्षीय केदार गिरीलाई बिहीबार सानेपाबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका गिरीले आफ्नो प्रभु बैंक लिमिटेडको खातामा पर्याप्त मोज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर पैसा नभएको चेक दिएर बैंकिङ कसुर गरेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गिरीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ ।

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग