बनेपा । काभ्रेको बनेपास्थित अपाङ्ग बाल अस्पतालका कर्मचारी चढेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । कार्यालयबाट घर फर्केने क्रममा बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनकाअनुसार दुर्घटनामा परी एक महिलाको निधन भएको छ । घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपाङ्ग बाल अस्पतालमा नै उपचार भइरहेको छ । घाइतेको थप विवरण आउन बाँकी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया