अनलाइन जुवा खेल्ने अखडाबाट हेटौंडामा ११ जना पक्राउ



हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले सोमवार हेटौंडा–४ स्थित कमलडाँडामा रहेको रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तलमा सञ्चालित सुर्यप्रसाद टेक्नोलोजी प्रालिमा पैसाको हारजीत हुने गरी अवैध रूपमा अनलाइन गेम जुवा खेल्ने र खेलाउने ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–९ लामसुरेका २३ वर्षीय निशान आचार्य, हेटौंडा–४ कमलडाँडाका २४ वर्षीय राजिव गौतम, ११ नम्बर वडाका मधुकर बानियाँ, १४ नम्बर वडा चुरीयामाईका २४ वर्षीय निमा थिङ, १२ नम्बर वडाका २३ वर्षीय विकास बल, मनहरी–४ मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखाको पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २० वर्षीय तिकमान तामाङ, २१ वर्षीय राजु तामाङ, २५ वर्षीय अमोश तामाङ र बाराको निजगढ–४ का २० वर्षीय अर्पण खड्का छन् ।

उनीहरुको साथबाट प्रहरीले ११० थान मोबाइल, ५ डेस्कटप कम्प्युटर, ३ ल्यापटप, ४ राउटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरिएको प्रवक्ता कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको