पर्वतारोहण संघद्वारा थप १७५ हिमाल व्यवस्थापनको जिम्मा दिन माग



काठमाडौं । नेपाल पर्वतारोहण सङ्घले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ । सङ्घले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग सङ्घ भेट गरी यस्तो माग गरेको हो । सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरेका छन् ।

सङ्घले गरेका कमको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक रहनुभएको सङ्घका अध्यक्ष शेर्पाले जानकारी दिए । सङ्घले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ ।

सङ्घले विसं २०७५ देखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट सङ्कलित सलामी दस्तुरमध्ये ४५ प्रतिशत सङ्घ र ५५ प्रतिशत सरकारले बाँडफाँट गर्दै आएका छन । यी हिमाल पुनः पाँच वर्षको नवीकरण गर्न सङ्घले प्रधानमन्त्रीसमक्ष माग गरेको छ । सङ्घले आरोहीको कल्याणमा खर्च गर्ने गरी कोष खडा गरिदिन सरकारसँग आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३० निर्णय

काठमाडौँ । सरकारले दमक भ्यू–टावरलाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको

आठ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कीर्ते गरी नक्कली कागजात बनाउँदै आएको गिरोह पक्राउ

काठमाडौँ । सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात