चट्याङ लागेर कञ्चनपुरको पुनर्वासमा दुईजनाको मृत्यु



कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।

“चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो,” प्रहरी निरीक्षक मल्लले भने, “अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ ।” त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् । “त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ,” उनले भने, “घटनाबारे विस्तृतमा केहीबेरमा आउँछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न अर्थ मन्त्रालयको निर्देशन

  काठमाडौँ । वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना

जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता

  बाँके । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन

४३ किसानको आशाको बारी हो सहेँलाको फाँट

  बागलुङ । तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् ।

‘गुरु’हरु सडकमा उत्रिएपछि…

काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त