कैलालीमा कर्मचारी लुट्ने गिरोह पक्राउ



धनगढी । कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरुलाई गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।

सोही स्थानको नजिकैबाट लुटिएको कार समेत फेला परेको थियो । कञ्चनपुरको दैजी घर भएका डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर भण्डारी सोमबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए। तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो। घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। भण्डारीको टाउको र शरीरमा चोट लागेको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशको इतिहास लेख्न हिँडेको मान्छेलाई पत्रिकाको हेडलाइनको मतलब छैनः गृहमन्त्री

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख