कैलालीमा चालकको हातखुट्टा बाँधेर यसरी लुटियो कार



धनगढी । कैलालीमा एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन् । उनीमाथि केही व्यक्तिले आक्रमण गरि ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको भन्ने अपुष्ट जानकारी प्राप्त भएको छ।

भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार भारतीय जस्तो देखिने ४÷५ जनाको समुहले उनलाई आक्रमण गरेको भनिएको छ । उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए । स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खबर गरेको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत गणेशदत्त भट्टले बताए ।

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । पर्यटक जस्ता देखिने ३ जना मान्छेले घुमाउन लगिदेउ भनेर गोदावरीको माथिल्लो उकालोतिर भण्डारीलाई लगि कुटपिट गरि बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भण्डारीलाई उपचारका लागि धनगढी ल्याइन लागिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया