साउन १ गतेदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने नकुहिने फोहोर छुट्याएर नराखे कारबाही गर्ने भएको छ । महानगरले बिहीबार सूचना जारी गरी कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने महानगरले जनाएको छ ।

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरको सूचनामा उल्लेख छ। कुहिने र नकुहिने फोहोर नछुट्याए त्यहाँबाट फोहोर नउठाउने पनि महानगरले बताएको छ ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ६ (१), (२) को व्यवस्था अनुसार साउन १ गतेदेखि स्रोतमा कुहिने र नकुहिने फोहोर छुट्याउन महानगरवासीलाई आग्रह गरिएको सूचनामा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई