२ करोड ४४ लाख रुपैयाँ गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको भन्दै पूर्वनासुविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकजना पूर्वनायब सुब्बाले गैरकानुनी रूपमा २ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन सुब्बा गणपति झाबाट २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ जफत गर्न विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार झा २०३९ मंसिर ९ गते गाविस सचिव भएर सार्वजनिक सेवामा प्रवेश गरेका थिए। उनी गत साउनमा अवकाश भएका थिए ।

यो बीचमा उनले सरकारी तलब, सुविधा, व्यापार, व्यवसायबाट २ करोड ४२ लाख ६७ हजार १ सा ४ रुपैयाँ कमाएको देखिएको र ४ करोड ८७ लाख ३८ हजार २ सय १० रुपैयाँ खर्च गरेका छन्। आम्दानीभन्दा दोब्बर बढी खर्च गर्न पैसा उनले गैरकानुनी तरिकाले कमाएको अख्तियारको दाबी छ । अख्तियारले झासहित उनकी श्रीमती र तीन जना छोराहरूलाई पनि प्रतिवादी बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको