बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ



भक्तपुर । बैंकिङ कसुर गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।

महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए । पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले

गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

  काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव

प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जना पक्राउ

काठमाडौँ । प्रहरीले ऋण अपचलन गरेको अभियोगमा  तत्कालिन सेन्चुरी बैंकका सिईओ तथा हाल

सात महिनामा सवारी दुर्घटनामा परी झापामा ४९ जनाको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको