नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाई ७ करोडको जग्गा बिक्री गर्ने ५ जना पक्राउ



काठमाडौं । प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । कीर्तिपुरमा रहेको करिब ७ करोड मूल्य पर्ने जग्गा नक्कली कागज बनाएर बिक्री गरेको अभियोगमा प्रहरीले महावीर चन्द, गणेश बहादुर खनाल, बाबुराम कार्की, प्रेम प्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले शान्तादेवीको नक्कली मृत्युदर्ता प्रमाण पत्र बनाएर भक्तपुरको सुनिता कर्माचार्यलाई जग्गा बिक्री गरेका थिए । २०५५ सालदेखि शान्तादेवी लोहनीको सपरिवार जापानमा बस्दै आएको थियो ।

२४ वर्षपछि नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा बेचिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिइन् । पक्राउ पर्ने मध्ये गणेशबहादुर खनाल यो गिरोहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुसँग नक्कली नागरिकताको प्रमाणपत्र, नक्कली जग्गाधनी प्रमाणपत्र लगायतका कागजपत्र बरामद भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली