ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने चार विद्यार्थी पक्राउ



काठमाडौं । काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा चार जना विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दी बेनी नगरपालिका वीरमुनीका १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थलीका १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग – ६ का १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा – ६ ढलमलका १८ वर्षीय सञ्जिब भण्डारी (अनमोल) रहेका छन् ।

गएराति साढे १ बजे कलेजमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी उनीहरु फरार भएका थिए। घटनाको सूचनापछि प्रहरी बृत्त सिंहदरबार प्रहरी टोली खटिएको थियो। धारिलो हतियार प्रहारबाट बायाँ कानमुनि चोट लागेको गार्डको मोडेल अस्पतालमा उपचारपछि डिस्चार्ज भएको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

कक्षा ११ मा पढ्ने विद्यार्थीबिच करिब १० दिन अगाडी कलेज प्राङ्गणमा बास्केटबल खेल्दा भएको विवादको विषयलाई लिएर कलेजमा दुई पक्षबीच झै–झगडा हुन लाग्दा कलेजका सुरक्षा गार्डले छुट्याएका थिए। सोही घटनाको रिसाइबी साँध्न गार्डमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माइतीघरको निषेधित क्षेत्र तोड्न राजेन्द्र महतोको अगुवाइमा प्रदर्शन

काठमाडौं । लोतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा

इपीजीको प्रतिवेदन एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउँछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न

नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल दुई रनले पराजित भएको छ

कार्यविधि नबन्दा आवास पुनः निर्माण प्रभावित

  त्रिवेणी । पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले