छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु



बैतडी । छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर तथा अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए । यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माइतीघरको निषेधित क्षेत्र तोड्न राजेन्द्र महतोको अगुवाइमा प्रदर्शन

काठमाडौं । लोतान्त्रिक समाजवादी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका

कार्यविधि नबन्दा आवास पुनः निर्माण प्रभावित

  त्रिवेणी । पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले

मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

  मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको

भ्रूण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन

-डा सुधा शर्मा । नेपालका १७ प्रतिशत जनसङ्ख्याको बासस्थान रहेको कर्णाली प्रदेश प्रकृतिको