भाउजु हत्या अभियोगमा देवर पक्राउ



राजविराज । सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेका अभियोगमा उनकै देवर सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले परमेश्वरलाई पक्राउ गरेको जनाइएको छ । उनलाई गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोग लगाइएको छ । आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते विराटनगरमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

राजविराज (सप्तरी) । केही दिन अगाडिको बाढीले घरविहीन भएका सप्तरीका बाढीपीडितलाई शुद्ध खानेपानीको

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौं । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग

काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै

काभ्रे । गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत