स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु



स्याङ्जा । शुक्रबार बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । बिहान १०ः३० बजे वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सवारमध्ये १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा वालिङ–१४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, सोही ठाउँका नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर छन् ।

प्रहरी प्रवक्ता खनालका अनुसार घाइते हुनेमा वालिङ १४ पञ्चमूल अर्खलबास बस्ने वर्ष नखुलेकी बेलमाया कुँवर, सोही ठाउँका चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर रहेका छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको छ । सबैलाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।

सोही ठाउँका ५५ वर्षीय नेत्रबहादुर कुँवरको अवस्था मध्यम रहेकाले उहाँको वालिङमै उपचार भइरहेको छ । तिवारी पसलमा मतदान चलिरहेको छ । सोही मतदान केन्द्रमा मतदान गर्न आउँदै गरेका एकै गाउँका धेरैको सङ्ख्यामा मृत्यु भएपछि अहिले गाउँ नै पूरै शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विगतमा भएका त्रुटी सच्याउन भन्दै सूर्य कुमारीले दिइन् पार्टी नेतृत्वलाई यस्ता सुझाव

करिश्मा मानन्धर(सूर्य कुमारी)।  लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत त्यतातर्फ आकर्षित

दिनेशकुमार थपलियाले यहीखालको गतिविधि गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैनः मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय

बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रतिबद्धता व्यक्त

हाम्राले कताबाट सिके अन्तरघात गर्न ? समीक्षा हुन्छः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी हारको