लाक्पा शेर्पाद्वारा १०औं पटक सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम



काठमाडौं । लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । ४८ वर्षीया शेर्पाले बिहीबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेको सेभेन समिटले जनाएको छ । यससँगै उनले सर्वाधिक सगरमाथा चढ्ने महिला आरोहीको रेकर्ड बनाएकी छन् । सन् २००० मा उनले पहिलोपटक सगरमाथा चढेकी थिइन् ।

यसअघि, १९९३ मा पासाङ ल्हामु शेर्पाले पहिलो नेपाली महिलाका रुपमा सगरमाथा चढेकी थिइन् । तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पा पछिल्ला वर्ष आफ्नै रेकर्ड तोड्दै आइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा