यसरी जोगायो सेनाले नेगी गाउँको बस्ती



काठमाडौं । २०७२ सालको भूकम्पले हल्लाएको विशाल ढुंगो बस्तीमा झर्नबाट नेपाली सेनाले जोगाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ नेगीको बस्तीमाथि रहेको ठूलो ढुंगा नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ मार्फत फुटाएर बस्तलाई सुरक्षित बनाएको हो ।

घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथी रहेको करिब २० हजार घन मिटरको ठूलो ढुङ्गा, नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा श्री कालीभञ्जन गण (ई) बाट खटिएको दक्ष जनशक्तिले फाल्गुण १४ गतेबाट ब्लाष्टिङ्ग कार्य शुरु गरी मिति बैशाख १५ गते उक्त ढुङ्गा व्यवस्थापन कार्य सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ ।

नेगी बस्तीमा ४७ धुरी र एक आधारभूत विद्यालय रहेको छ । उक्त बस्तीभन्दा ५ सय मिटरमाथि ‘पल्सङ’ नाम गरेको विशाल ढुंगा बस्तीमा खस्ने अवस्थामा थियो । ढुंगा खसेपछि विद्यालय र स्थानीय बासिन्दालाई क्षति पुर्याउने भएपछि गएको वर्ष जिल्ला विपद् व्यवस्थापन समितिलाई स्थानीयवासी र गाउँपालिकाले हटाइदिन अनुरोध गरेका थिए ।
फोटोः नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन