६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीनजना पक्राउ



काठमाडौं । प्रहरीले नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा काठमाडौंबाट तीनजनालाई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको महाबौद्ध, न्युरोड र कलंकीबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाका २२ वर्षीय अनुप मिश्र, काभ्रेका २४ वर्षीय दिपेश थापा र काठमाडौं बाफलका २७ वर्षीय राहुल चचान छन् ।

उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको महाशाखाले जनाएको छ । प्रहरीकाअनुसार पक्राउ परेकामध्ये अनुप मिश्रले सन् २०२१ मेदेखि हालसम्म बाइनान्स खाता प्रयोग गरेर यूएसडीटी, ईटीएच, एडीए, भेट, अल्फालगायतका २० वटा क्रिप्टो करेन्सीहरूमा ३५ करोड ४६ लाख ८३ हजार ६०० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ ।

अहिले उनीसँग बाइनान्स खातामा अमेरिकी डलर १२ हजार आठ सय ३२ बराबरको बिटक्वाइन मौज्दात रहेको देखिएको प्रहीले जनाएको छ । अर्का दीपेश थापाले सन् २०२१ मे देखि हालसम्म दुईवटा बाइनान्स खातामार्फत बीटीटी, यूएसडीटी लगायतका ७ वटा क्रिप्टो करेन्सीहरूमार्फत जम्मा नेपाली रुपैयाँ २४ करोड ७९ लाख ५६हजार नौ सय बराबरको कारोबार गरेको देखिएको महाशाखाले जनाएको छ ।

उनीसँग हाल बाइनान्स खातामा अमेरिकी डलर एक सय पैतालिस दशमलव चालिस रुपैयाँ बराबरको बिट क्वाइन मौज्दात रहेको देखिएको छ । यसैगरी राहुल चचानले करिब १ वर्ष अघिदेखि हालसम्म २० वटा क्रिप्टो करेन्सीहरू ६ करोड ५३लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

उनको बाइनान्स खातामा अमेरिकी डलर छ सय एकाउन्न बराबरको बिटक्वाइन मौज्दात रहेको देखिएको छ । उनीहरूले दैनिक पाँच हजार देखि ५० हजार सम्म यूएसडीटी को कारोबार गर्ने गरेको खुलेको छ । अवैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरूले आफ्नो पहिचान गोप्य राखी अन्य सयौँ जना व्यक्तिहरू प्रयोग गरी तिनका नाममा बैंक खाता र बाइनान्स खाता खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्दै प्रयोग गरेको देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

  काठमाडौँ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक