कैलालीका अर्जुन दासको हत्या गरी फरार रहेका चार जना पक्राउ



काठमाडौं । प्रहरीले कैलालीको जानकी गाउँपालिकाका अर्जुन दासको हत्यामा संलग्नहरूलाई पक्राउ गरेको छ । महानगरी अपराध महाशाखाको टोलीले दासको हत्या आरोपमा चार जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी–९ का १९ वर्षका मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् । महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट पक्राउ गरी शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको हो ।

टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा पुस ३ मा दासको शव भेटिएको थियो । प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले सीमाबाट पक्राउ गरेको हो । हत्यामा १० जना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

  काठमाडौँ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका