पोखरा । पोखरामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानको आयोजनामा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ । अभियान, पोखरा (कास्की) को आयोजनामा भएको कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले हिन्दूधर्मको रक्षाका लागि हिन्दूहरु स्वयम् जागरुक हुुनपर्नेमा जोड दिए ।
धर्म निरिपक्षताले नेपाली समाजलाई विभाजन गरेकाले यो हिन्दूधर्माबलम्बीहरुका लागि धोका भएको उनको भनाई छ । पराजुलीले सवैलाई बन्धुुत्वको भावले समेट्ने हिन्दूधर्मलाई आधार मानी राष्ट्रलाई हिन्दूराष्ट्रको पहिचानको रुपमा विकास गर्न सुझाव दिए ।
नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक तथा अभियानका केन्द्रीय सदस्य कल्याण तिम्सिनाले हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियान नेपालको अस्तित्वसँग जोडिएको अभियान भएकाले हिन्दूहरुलाई जागरुक, संगठित र सचेत बनाउँदै नेपाललाई हिन्दू राष्ट्र बनाउन अभियान सुरु भएको बताए ।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न र हिन्दू धर्मालम्वीहरुमा हिन्दूत्व प्रतिको गौरवभाव पूर्णजागरण गर्न देशभर अभियान सञ्चालन गरेको अभियानका संयोजक रुक्माङ्गद कटवालले गोष्ठीलाई भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए । अभियान गैरराजनितिक भएकाले उनले सवै यस अभियानमा जोडिन आग्रह गरे ।
कार्यक्रममा संयोजक उद्योगी व्यवसायी सुशील कुमार गोशली, अतिथि लिलाभक्त आचार्य, कार्यक्रम सहसंयोजक सावित्री शर्मा पौडेल लगायतले कार्यक्रममा अबको आवश्यकता हिन्दूराष्ट्र नै एक मात्रै विकल्प भएको धारणा राखेका थिए ।


प्रतिक्रिया