रेडपाण्डाको छालासहित नेपालगंजमा चारजना पक्राउ



राँझा । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नम्बर ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

होटलमा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपाण्डाको छालासमेत बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको  पाँच लाखदेखि १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए ।

यसैबीच प्रहरीले लागुऔषध चरेश तीन किलोसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ पुष्पलालचोक नजिक रहेको दङ्गाली–स्याङ्जाली होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–९ का प्रवीण विष्ट र वडा नं ७ का राजबहादुर कार्की रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने