आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गर्ने गिरोह पक्राउ



काठमाडौं । आँखामा खुर्सानीको धुलो छर्केर सुन तथा नगद लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लुटपाट गर्ने गिरोहका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ घर भई काठमाडौं महानगरपालिका–१० शान्तिनगर बस्ने २८ वर्षीय महेश विश्वकर्मा र २४ वर्षीय राजेन्द्र सिन रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीले विश्वकर्मालाई गत बिहीबार र सिनलाई शनिबार दाङ प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार घटना गत बुधबार भएको थियो । राति साढे ८ बजे काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित ओम शाही टञ्च सेन्टर सुन पसलका सञ्चालक भारत घर भई चाबहिल बस्ने ३४ वर्षीय अमोल भोस्लेले पसल बन्द गरी घर फर्किन लागेका थिए । उनले ४२ तोला सुन र १२ लाख नगद पनि बोकेका थिए ।

चुच्चेपाटीस्थित एक पार्किङस्थल नजिकै पुग्दा समूहमा स्कुटरमा आएका केही व्यक्तिहरूले उनको आँखामा खुर्सानीको धुलो फ्याँके र उनलाई कुटपिट समेत गरेर सुन तथा नगद राखेको झोला लुटेर फरार भएका थिए । सूचना पाएपछि महानगरीय प्रहरी वृत्त, गौशालाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो ।

प्रहरीले उनीहरूले काठमाडौं छाड्न सक्ने भन्दै नाकामा समेत कडाइ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए । प्रहरीले विश्वकर्माबाट बा ७४ प ९५६० नम्बरको मोटरसाइकल र ६६ हजार नगद बरामद गरेको छ। सिनबाट प्रहरीले रा ४ प ११२० नम्बरको मोटरसाइकल र २३१ ग्राम पहेँलो धातु, एक लाख नगद, धारिलो हतियार, एउटा तरवार बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने