बलात्कारपछि बालिकाको हत्या गर्ने दुईजना पक्राउ



मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिका करणी गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

अवोध बालिकालाई यहीँ फागुन २७ गते अपहरणपछि करणी गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका बस्ने २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले बालिकालाई फागुन २७ गते मोरङको बेलवारी–८ बाट खेल्दै गरेको अवस्थामा ‘चोकोफन चकलेट’ दिई ललाइफकाइ अपहरण गरी पीडितको घरबाट १५० मिटर उत्तर पश्चिम दिशाको वयरघारीमा करणी गरी वियरको बोतल तथा ढुङ्गा प्रहार गरी हत्या गरेको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

अभियुक्तलाई प्रहरीले शारीरिक र प्राविधिक अनुसन्धानबाट हत्याको घटना भएको १२ घण्टामा पक्राउ गरेको उपरीक्षक जिसीले जानकारी दिए । उनीहरूलाई हत्यापश्चात एक पसलमा मदिरा सेवन गरी मामा घरमा गएर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरोपी अजय चौधरी दुई वर्ष अगाडि दुई वर्षीया बालिकाको अपहरण मुद्दामा कारागार चलान भई गएको मङ्सिर १८ गते अदालतको फैसलाबाट रिहा भएका थिए । बालिकाको शव विभत्स अवस्थामा फेला परेको थियो । अभियुक्तलाई पाँच दिन थुनामा राख्न अदालतबाट म्याद थप गरिएको छ भने अपहरण, जबरजस्तीकरणी र हत्याको आरोपमा आजीवन कारावासको माग गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने