सशस्त्र प्रहरीका हवल्दारनै खैरो हेरोइनको कारोबारमा संलग्न



काठमाडौँ । प्रहरीले खैरो हेरोइनको कारोबारमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका हवल्दारसहित ११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लालबहादुर बुढाथोकी, अजय तामाङ, दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, झापाका अन्जान राई, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह रहेका छन् ।

त्यस्तै लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका हवल्दार खगेन्द्र भुजेललाई पनि पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट ३२२.६ ग्राम हेरोइन बरामद भएको ब्यूरोले जनाएको छ । सुरुमा एक जनालाई पक्राउ गरी ती व्यक्तिले दिएको बयानका आधारमा अन्य १० जनालाई पक्राउ गर्न ब्यूरो सफल भएको एसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार माघ २४ गते एक सय मिलिग्राम ब्राउन सुगरसहित म्याग्दीको मंगला गाउँपालिका– ५ स्थायी घर भई काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका २५ वर्षीय बुढाथोकीलाई पक्राउ गरिएको थियो । उनीमार्फत दोलखाको भीमेश्वर नगरपालिका– १३ स्थायी ठेगाना भएका २५ वर्षीय बस्नेत र सिन्धुपाल्चोक घर भएका गुरुङ बूढानिलकण्ठबाटै २१ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने