जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ



काठमाडौं । प्रहरीले जब सेन्टरको नाममा ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा छत्रदेव–६ अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे र दूधपोखरी–२ लमजुङका २२ वर्षीय आनन्द मरहठ्ठा, सिरहा–१९ का २३ वर्षीय विवेक यादव, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का २८ वर्षीय अश्विन राई, सिन्धुलीको फिक्कल–२ का २२ वर्षीय घनश्याम पहाडी छन् । साथै चन्द्रपुर नगरपालिका–४ रौतहटका २५ वर्षीया सृजना लामिछाने, विराटनगर–४ की ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहट जिल्ला मौलापुर–५ का २२ वर्षीय रामवचनकुमार यादव छन् ।

उनीहरूले जागिर मिल्छ भन्दै फारम शुल्कबापत ५०० रुपैयाँसम्म लिने र जब वारेन्टी शुल्कको नाममा ६ हजार रुपैयाँम्म लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने