भन्सार छलेर ल्याएको सुनसहित विमानस्थलबाट एकजना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैध रुपमा लुकाई छिपाई भन्सार छलेर ल्याएको ९४.९ ग्राम सुनको दुई थान ब्रासलेटसहित सप्तरीका ३६ वर्षीय एमडी सौकात अलीलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले कतार एअरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौँ आएका अलीले जिन्सको पाइन्टको दायाँ तथा बाँयातर्फ कम्मरको भागमा बाँधेर कालो कपडाको थैलीभित्र लुकाएको अवस्थामा विमानस्थलको आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ अलीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

यसरी हुँदैछ खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम सुरु

शङ्खधर चोकमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा….

लमजुङ ।  मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२