काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले हतार हतारमा अमेरिकी सहयोग परियोजना(एमसीसी) संसदबाट अनुमोदन गरिएको भन्दै आपत्ति जनाएको छ ।
परिषदले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाउँदै विगतमा महाकाली सन्धिको झल्को दिनेगरी एमसीसी अनुमोदन गरिएको भन्दै आपत्ति जनाएको हो । सरकारको यसप्रकारको बलमिच्याइँले मुलुक ठूलो द्वन्द्वमा जान सक्ने भन्दै यसबारेमा निर्णय लिन परिषदले राष्ट्रपतिलाई आग्रह गरेको छ ।


प्रतिक्रिया