कपनबाट ब्राउन सुगरसहित तीन जना पक्राउ



काठमाडौं । प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधाराबाट २२.८ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर नगरपालिका–११ हिलेटोल बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र कञ्चनपुर भिमदत्त नगरपालिका घर भई कपन बस्ने २७ वर्षीय खगेस खत्री छन् । पासाङ छिरिङ शेर्पाबाट प्रहरीले ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो। उनको कोठामा तलासी लिँदा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

उनीमाथि प्रहरीले सोधपुछ गर्दा सो ब्राउनसुगर खगेस खत्रीको भएको बताएका थिए । त्यसको आधारमा प्रहरीले खत्रीलाई पक्राउ गरेको हो। त्यस्तै, उनीसँगै प्रहरीले तेन्जिङलाई पनि गोपीकृष्ण हल नजिकबाट सोमबार प्रहरीले पक्राउ गरेको थियो । तेन्जिङको साथबाट प्रहरीले १६.८ ग्राम ब्राउन सुगर बरामद गरेको हो । घटनाबारे महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने