पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा



काठमाडौं । काठमाडौँको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधन चढ्न लामो बाटो हिँडडुल गर्नका लागि समस्या परेकाले पुरानो बसपार्कबाट बस चढ्ने व्यवस्था मिलाइएको जानकारी दिए । महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ ।

फरक क्षमता भएकाको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपाङ्गतामैत्री व्यवस्था थप्दै जाने महाशाखा प्रमुख जोशीको भनाइ छ । महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई तोकिएको स्थानबाट मात्रै ‘पिक एण्ड ड्रप’ गर्न पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जी जम्प

काठमाडौँ । कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)

पोखरा जोड्ने तीन सडक स्तरोन्नति हुँदै

गण्डकी। पर्यटन राजधानी पोखरा जोड्ने तीन सडक यतिबेला स्तरोन्नतिको चरणमा छन्। पोखरा-मुग्लिन सडक,

राजावादीहरुबाट हुने प्रदर्शनलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ

काठमाडौं । राजावादी समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल आउन आह्वान

स्कुटर चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । स्कुटर चोरीको आरोपमा ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।