Logo २०८२, २ पुस बुधबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • युवा
  • खेलकुद
  • सुरक्षा
  • शिक्षा
  • लोकसेवा
  • अन्य
    • प्रवास
    • कला
    • समाज
    • विश्व
    • स्वास्थ्य
    • वातारण
    • इञ्जिनियरिङ
    • विज्ञान

हातमा खबरसर्च गर्नुहोस्

  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • युवा
  • खेलकुद
  • सुरक्षा
  • शिक्षा
  • लोकसेवा

विराट राजाको दरबार उत्खनन् गर्दा के के भेटियो ?

हातमा खबर
January 22, 2022 10: 19 pm
3.57k
Shares

विराटनगर । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ ।

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातत्व विभागबाट आएका अधिकृत तारानाथ मिश्रले उत्खनन कामको सुरुवातपछि विभागबाट प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोरबहुत उत्खननको काम गरिसकेपछि गएको पुस २६ गतेदेखि पुरातत्व विभागबाट खटिएका पुरातात्विक अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम जारी छ । सम्भवतः अझ दुई दिन उत्खननको काम हुने अधिकृत ज्ञवालीले बताए ।

उनले विराट राजा दरबार भनिएको स्थानमा अहिले उत्खनन गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको छ भने मन्दिरदेखि २०० मिटर पश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा केही भागमा उत्खनन गर्दा दोस्रो शताब्दीको पहिचान हुने किसिमको घना बस्ती हुनसक्ने अनुमान गरेका छन् । उत्खनन गर्दा खासै महत्वपूर्ण वस्तु फेला नपरे पनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाइ, २५ सेमी चौडाइ र पाँच सेमी मोटाइ भएको इँटा पाइएको छ ।

त्यहाँ माटा अन्य सामग्री पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ । मानव बस्ती, एकीकृत भन्सार जाँचचौकीसमेतले अतिक्रमण भएको विराट राजाको दरबार क्षेत्र खुम्चिएको छ भने यहाँ लगभग १३ देशका पुरातात्विक विभागका मानिसले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लागेका स्थानीय नवकिशोर यादवले बताए ।

उनले विराट राजाकै दरबार हो भन्ने कुरामा दुईमत नरहेको भन्दै विराट राजाको दरबार लगभग डेढ किलोमिटर उत्तरपूर्व, दक्षिण र पश्चिमसम्म फैलिएको अनुमान लगाउन सकिने बताए । उनले यहाँ फेला परेका वस्तुमा सिमाला, पुवाँलो, पुलिङ, रत्न, निलम, ग्रेनाइट, लसुनिया, गमेद, लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित राखेको जानकारी दिए ।  विसं २०५२ मा सपना देखेर नै यसको रेखदेख एवं संरक्षणमा लागेदेखि आफूले यहाँ अतिमूल्यवान वस्तुहरू फेला पारेको र यी सबै वस्तुहरू आफ्नै सङ्ग्रहालयमा सुरक्षित राखेका जानकारी दिए । ।

सरकारी पहुँच नभएर यसको प्रचार, प्रसार एवं उत्खननबाट वास्तविक पहिचान हुन नसकेको यो क्षेत्रमा प्रदेश नं २ को तत्कालीन प्रदेश प्रमुख डा राजेश झा, प्रदेश नं १ को तत्कालीन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले निरीक्षण एवं अवलोकन भइसकेको यो क्षेत्रको थोरै विकासमा विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति मोरङले मद्दत गरेको स्थानीय युवा मुकेश यादवले बताए ।

विराट राजा दरबार क्षेत्रमा किचकबध पोखरीसहित थप संरचना देखिएको पुरातात्विक अधिकृत ज्ञवालीले प्रष्ट पार्दै भने, “झापाको किचकबध र यो विराट राजाको दरबारको भग्नावशेष हेर्दा एउटै समयको हो ।”

तस्वीर : मनोज दाहाल, रासस

प्रतिक्रिया

  • भर्खरै
  • लोकप्रिय

१.

चुनावका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई तयारीमा जुट्न प्रचण्डको निर्देशन

२.

जेनजी आन्दोलनको भौतिक र अन्य क्षतिको पाँच अर्ब भन्दा बढी दाबी भुक्तानी

३.

बदलिँदो परिस्थितिअनुसार प्रहरी सेवा प्रभावकारी बनाउन स्वचालित मूल्याङ्कन प्रणाली लागू

४.

महिला टी–२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

५.

चार देशका कलाकारहरुको सहभागितामा ‘अन्तर्राष्ट्रिय कला शिविर’  

६.

राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशका राजधानी रहेका जिल्लामा तोकियो मतदानस्थल

७.

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

१.

चुनावका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई तयारीमा जुट्न प्रचण्डको निर्देशन

२.

जेनजी आन्दोलनको भौतिक र अन्य क्षतिको पाँच अर्ब भन्दा बढी दाबी भुक्तानी

३.

बदलिँदो परिस्थितिअनुसार प्रहरी सेवा प्रभावकारी बनाउन स्वचालित मूल्याङ्कन प्रणाली लागू

४.

महिला टी–२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट

५.

चार देशका कलाकारहरुको सहभागितामा ‘अन्तर्राष्ट्रिय कला शिविर’  

६.

राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशका राजधानी रहेका जिल्लामा तोकियो मतदानस्थल

७.

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

८.

एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा

९.

नेपाल अफगानिस्तानसँग पराजित

काठमाण्डौ महानगरपालिका.–३१, काठमाण्डौं ।

    • सूचना विभागः दर्ता प्र.प. नं.: १७६९/०७६-७७
    • ९८५११११२२४
    • [email protected](कार्यालय प्रयोजनको लागि)
    • [email protected](समाचारको लागि)
    • [email protected]

    उपयोगी लिंकहरु

    • नेपाल सरकार
    • सूचना तथा सञ्चार मन्त्रालय
    • प्रेस काउन्सिल नेपाल
    • नेपाल पत्रकार महासंघ
    • गृह मन्त्रालय
    • नेपाली सेना
    • नेपाल प्रहरी
    • सशस्त्र प्रहरी बल
    • विश्वविद्यालय अनुदान आयाेग
    • लाेक सेवा आयाेग

    OUR TEAM

    • प्रकाशक: अभिसर्ग नेपाल मिडिया प्रा.लि.
    • सल्लाहकार: लक्ष्मण पोखरेल, सूर्य बहादुर खड्का
    • प्रधान सम्पादक : विश्वनाथ आचार्य
    • क्रियटिभ डाइरेक्टर : महेश श्रेष्ठ
    • सह-सम्पादक : सुदीप खनाल
    • संवाददाता : चक्रपाणी सुवेदी(गण्डकी प्रदेश)
      रामबाबु राय(मधेश प्रदेश)
    • सूचना तथा प्रविधि : अमिर गिरी
    About Us Advertise Contact Media Kit
    © 2025 हातमा खबर-जहाँ तपाइँ, त्यहीं खबर || सबै खुशी होउन, सबैको कल्याण होस् ।
    Designed & Developed by:Appharu.com